काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
शहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड रूपैयाँ निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।
ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरि थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो।
२ हजार ७०० जना क्षमताका सनाठूला १३ वटा हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौं बाहिरको सबैभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ ।
सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९ १२:४०