काठमाडौं– ‘किड्डी फेस अफ दि इयर–२०२०’का ३२ प्रतियोगी बालबालिकाले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वरस्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’अन्तर्गत उनीहरूले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् ।
प्रतियोगिताको यो पाँचौ संस्करण हो । यस संस्करणमा ७ बालक र २५ बालिका फाइनलमा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब एक सय बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् ।
प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए । ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तराष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए । प्रतियोगिताको अनितम स्पर्धा आगामी ४ माघमा राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ ।