काठमाडौं– काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ। अनधिकृत संरचना भत्काउन थालिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जानकारी दिए।
उनका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन्। अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छन्।‘बाहिरका संरचना भत्काइएका हुन्,’ एक नगर प्रहरीले भने, ‘फुटपाथमा स(सना सटरहरू बनाइएका थिए। ती संरचना अहिले केही भत्काएर छोडेका छौं।’
केही व्यवसायी अहिले ‘छोडिदिन हामी आफैं खाली गर्छौ,’ भनेपछि छोडेका उनले बताए। बेलुकीसम्म उनीहरूले खाली गरी भत्काएर फुटपाथ सफा गरिदिनुपर्ने उनले बताए।
यस्तै सव–वेमा पहिले नै भएका सात वटा सटरहरू भने महानगरले भत्काउने छैन।