काठमाडौं– काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।
महानगर प्रमुख बालेन्द्र साहको नेतृत्वमा महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ ।
अनुमति नलिई बनाइएका, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १४:४०