काठमाडौं– साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत) ले गिरावट भएर १९८९.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।
आइतबार कारोबार भएकोमध्ये राधी जलविद्युत कम्पनीको सेयर मूल्य ५.९० प्रतिशतले वृद्धि हुँदा आर्दश लघुवित्तको १.९८ प्रतिशत। मैलुङ खोला जलविद्युत कम्पनीको १.३४ प्रतिशतले बढेको छ । त्यस्तै सबैको लघुवित्त युनिलिभर नेपालको सेयर मूल्य पनि सामान्य वृद्धि भएको छ ।
यता रुरु जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.०३ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ६.७७ प्रतिशतले गिरावट भएको छ
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १५:५६