शनिबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाएर आगामी निर्वाचनमा होमिने निर्णय ग¥यो । मंसिर ४ गतेलाई तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि एमालेको सरकार बनाउनेगरी चुनावमा होमिने र ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय छ । ७१ वर्षीय ओली यसअघि दुईपटक प्रधानमन्त्री बनिसकेका छन् । ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री बनेका थिए ।
रोचक कुरा त के भने जब उपमहासचिव प्रदीप ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव बैठक हलमा प्रस्तुत गरे तब हल दुई मिनेटसम्म तालीले गुञ्जियो । र, यसरी ताली बजाउनेमा युवा नेता पनि थिए । राजनीतिमा युवा नेताहरूको वर्चश्व रहेपनि उपल्लो तहमा पुग्नलाई मुस्किल छ भन्ने एउटा उदाहरण हो एमालेको निर्णय । एमालेभित्र प्रधानमन्त्रीका लागि सम्भावना बोकेका थुप्रै युवा नेता छन् ।
जसलाई अवसर दिए कुनै घाटा हुनेवाला छैन । तर, यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका, उमेरले वृद्ध बन्दै गएका र अघिल्लोपटक दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओलीलाई नै एमालेले किन भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै छ ? एमाले नै जानोस् ।तर, आमरुपमा हेर्दा यो निर्णय अरुलाई खासगरी पार्टीभित्रको दोस्रो र तेस्रो तहलाई निषेध गर्न गरिएकोमा कुनै सन्देह छैन । प्रश्न स्वाभाविक उठ्छ– के एमालेभित्र ओलीबाहेक त्यस्तो कुनै नेता जन्मिएको छैन, जो प्रधानमन्त्रीका लागि ‘डिजर्भ’ गर्छ । के आन्दोलनको रापताप र सांगठनिक रूपमा निखारिएर आएका अर्को कुनै नेता छैनन् एमालेमा ?, जो ओलीको सट्टा प्रधानमन्त्रीको उम्मेदवार बनाइन्थे ।
कुरा, एमालेको मात्र होइन । अन्य प्रमुख राजनीतिक दलको पनि हो । यो सगोल चित्र हो, नेपाली राजनीतिको । अहिले सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको पनि उस्तै हालत छ । एमालेले त कमसेकम चुनावपछि आफ्नो पार्टीको सरकार बन्ने अवस्था आयो भने कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय ग¥यो । तर, गठबन्धनले यो आ“टसमेत गर्न सकेको छैन । गठबन्धन अहिलेकै अवस्थामा रह्यो, गठबन्धन आबद्ध दल चुनावमा इमान्दार देखिए भने मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्ने पक्कापक्की जस्तै छ । त्यो बेला गठबन्धनका तर्फबाट प्रधानमन्त्री को ? प्रश्न स्वाभाविक उठ्छ । शेरबहादुर देउवा ?, पुष्पकमल दाहाल? माधवकुमार नेपाल ? झलनाथ खनाल ? वा, को ? प्रश्न अनगिन्ती छन् ।
र, कुरा प्रस्ट छ यिनै अनुहारमध्ये कसैलाई प्रधानमन्त्रीका रूपमा देख्नुपर्नेछ । देउवा त अहिले पनि प्रधानमन्त्री छन् । उनी आफ्नो जीवनको पा“चौं प्रधानमन्त्रीत्वकालमा छन् । ज्योतिषीमा अति विश्वासमा गर्ने देउवा अबको चुनावपछि पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । किनकि, उनलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने ‘भविष्यवाणी’ गरिदिएका छन् । कथं, देउवा प्रधानमन्त्री हुने अवस्था रहेन भने गठबन्धनबाट उनीपछि दाहाल प्रधानन्त्रीका बलिया दाबेदार हुन् । उनी पनि यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन् । र, उमेरले ‘आराम गर्नुपर्ने’ अवस्थामा पुग्दै छन् ।
राजनीतिक दलहरू आफ्नो पार्टीमा युवालाई प्राथमिकता दिइरहेका दाबी गर्छन् । युवा त परेको कुरा पार्टीभित्रका दोस्रो तहका नेतालाई समेत उनीहरू प्रधानन्त्रीका रूपमा स्वीकार्न सक्दैनन् । युवालाई त सांसदको टिकटै सकस पर्ला ।एमाले किन घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? कांग्रेस किन गगन थापा, विश्वप्रकाश शर्मा, मिन विश्वकर्माहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? माओवादी किन वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतहरूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्दैन ? किनकि, पार्टीको शीर्ष तहमा रहेका नेताहरू विश्राम लिन चाह“दैनन् । उनीहरू सकेसम्म जीवनको अन्तिम कालखण्डसम्म पार्टी सत्ता र राजकीय सत्ताको नेतृत्वमा रहन चाहन्छन् ।
यसर्थ, युवालाई अवसर दिने भनेर हु“कार गरेर मात्र हु“दैन । त्यसको परिणाम व्यवहारमा देखिनुपर्छ । हाम्रा राजनीतिक दल र तिनको नेतृत्वमा रहेकाहरू सा“च्चै युवालाई अवसर दिन तयार छन् भन्ने सन्देश दिनुपर्छ । नभए, युवाको जोस, जा“गर, विद्वता मात्र पार्टी र संगठन निर्माणमा खर्च हुने तर, निर्णय तहको सहभागितामा अवरोध खडा गर्ने भइरहने हो भने आदर्शवचनको कुनै अर्थ रह“दैन ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०८:१६