काठमाडाैं - कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच १५ प्रतिशत सम्मको आकर्षक छुट ग्राहकहरुलाई दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको हाे।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०८:४६