काठमाडौं– छात्रामाथि दुव्यवहार गरेको आरोपमा नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा प्राध्यापनरत एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार बिहानैदेखि विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको हो ।
विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि प्रहरीले घटनाबारे बुझ्नका लागि आरोपित शिक्षक र आन्दोलनरत विद्यार्थीहरूलाई कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको नयाँ बानेश्वर प्रहरी बृत्तका डीएसपीले जानकारी दिएका छन्। डीएसपी श्रीवास्तवका अनुसार अंग्रेजी विषय पढाउने आरोपित शिक्षक अहिले प्रहरी नियन्णमा छन् ।
आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् । प्रहरी कार्यालयमा अहिले पीडित छात्राहरू समेत पुगेका छन् ।