काठमाडौं– नबिल बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर बिक्री खुला गरेका छन् ।
यसमा नबिल बैंककै संस्थापक शेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ १३:३४