काठमाडौं– मनेश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष माधवकुमार थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत), आ.व. २०७५÷७६ सम्मको आ.व. २०७६÷७७ को लागि लेखापरीक्षकको नियुक्ति र सञ्चालक समिति तथा लेखा समिति निर्बिरोध निर्वाचित भएको थियो ।
अध्यक्षमा नरेन्द्र महर्जन, उपाध्यक्षमा सुनिल खड्गी, सचिवमा चन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा गणेश प्रसाद तिमिल्सिना, सदस्यमा द्वारिका नाथ महर्जन, सदस्य सान्त कुमार महर्जन, सदस्य संगीता खडगी, लेखा समिति संयोजक विष्णुराज पाण्डे, लेखा समिति सदस्य रमिता महर्जन, लेखा समिति सदस्य शंकरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।