काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, ठमेल स्थित रमादा एन्कोर होटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५५ सम्मको आकर्षक छुट दिने भएकाे हाे ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (E-KYC), ई.के.वाई.सी.(Kiosk) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरी सकेको छ ।
साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र(Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ १९:१२