काठमाडौं-बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
शाहका कानुन व्यावसायी अधिवजक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।
मुद्दाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्ने उनको भनाइ छ ।
गत ३० चैतदेखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १०:५०