काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई रु ३ लाख रूपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंककानायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रूपैंयाको चेक हस्तान्तरण गरेका थिए । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।