काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेताहरूलाई भेट्नका लागि राष्ट्रपति कार्यालय शितल निवास बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूलाई बुधबार दिउँसो साढे २ बजे शितल निवास बोलाको एक माओवादी नेताले बताए ।
नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेकी छिन् ।
उनले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग छलफल गरेकी थिइन् ।