काठमाडौं– शेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर १ हजार ९७३ दशमलव ३८ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर भने उच्च अंकले ओरालो लागेको छ ।
नेप्से दोहोरो अंकले घटेको दिन २२४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता शेयर १ अर्ब १२ करोड रूपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रूपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १६:३५