काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले बिहिबार बिहान फेसबुकमार्फत् गाली गलौज गर्नेलाई पत्ता लगाइ पक्राउ पूर्जी जारी गर्ने बताएका छन् ।
‘गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ, अनि मानहानी र गाली बेइज्यतीको मुद्दा चलाइनेछ, ’ प्रमुख साम्पाङले भनेका छन्,ु यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न ।
उनले लोकतन्त्रमा विरोध गर्न पाइने र तर्क सहितको विरोध र बहसलाई सधैव धन्यवाद दिंदै आएको तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन् ।