काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बयान दिन सिंहदरबार पुगेका छन् ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले बिहीबार पनि बयानका लागि बोलाएपछि जबरा सिंहदरबार पुगेका हुन् ।
समितिले जबरालाई ४३ वटा प्रश्न सोध्ने जनाएकोमा बुधबार लिएको बयानमा जबराले ४ वटा प्रश्नको मात्र जवाफ दिएका थिए । जबरासँग बाँकी प्रश्नको जवाफ आज लिने समितिले जनाएको छ ।
बुधबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा जबरालाई प्रश्न सोधिएका थियो । आज पनि जबरा सोही कक्षमा उपस्थित भएका छन् ।
जबराले बुधबारको बैठकमा महाअभियोग लगाउनको कारण समितिलाई सोधेका थिए । उनले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसको र संसद्को सम्मानका लागि मात्र उपस्थित भएको जनाएका थिए ।
सत्तारूढ दलका सांसदले २१ आरोपसहित जबराविरूद्ध गत फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएपछि उनी निलम्बनमा परेका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ ११:३४