काठमाडाैं - माछापुच्छ«े बैंकले अत्याधुनिक प्रविधिमा आधारितM- Smart बचत ल्याएकाे छ । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ«े बैंकले अत्याधुनिक प्रविधिमा आधारित M- Smart बचत खाता संचालनमा ल्याएको हाे ।
उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिङ application M-Smartबचत बाट माछापुच्छ«े बैंकमा खाता खोल्न सकिने जनाइएकाे छ ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
माछापुच्छ«े बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा LOAN AGAINST FD सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १८:०८