काठमाडौं- ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन् । केही छन भने दशैंैसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ,’ हाछेथुले अनलाइनखबरसँग भने ।