काठमाडौं -प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेंगुका बिरामी दैनिकरूपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् ।
उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताइन् । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरिन् ।
सांसद रंगमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिर्ने बताइन् । सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार(पाँचथरको रविराँके सडक ९एक सय एक किलोमिटर० बाटो निर्माण सुरु गरेको पाँच वर्ष भएपनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गरे । सांसद रेनुका गुरुङले नेपाल(भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गरेका ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १७:०२