एजेन्सी–संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ।
डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ।
मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १३:०९