काठमाडौं- नेपाल–बङ्गलादेश कूटनीतिक सम्बन्ध भएको ५० वर्षका अवसरमा ‘स्पिरिट अफ फ्रेण्डसीप’ विषयक कला प्रदर्शनी आयोजना गरिएको छ ।
सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज उद्घाटन गरेको हो । कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी पनि सहभागी रहेको थियो ।
यही भदौ २७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बङ्गलादेशको आदिवासी कलाकार मोङ मोङ सो, लुम्बिनी दिवान, नोमोस्ता नेवा, सुदीप चक्मा, पिङकु त्रिपुरा र मुन्नाबोङ तथा मैदानी कलाकार विश्वजित गोस्वामी, अजमिर हुसेन र सौरभ चौधरीको कला राखिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १५:२३