कास्की - पोखरा विमानस्थलदेखि मुस्ताङको जोमसोमसम्मका लागि उडान भरेको समिट एयर पुन:पोखरा नै फर्किएको छ । आइतबार बिहान ७ बजेट ५९ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान भएको हवाई ८ बजेर ६ मिनेट जाँदा पोखरा विमानस्थलमा नै अवतरण गरेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
हवाईको इन्डिकेटरमा समस्या देखिएको उनले बताए । उनका अनुसार पाइलटले समस्या आएपछि उडान गर्न नसकिने र फर्कनका लागि पोखराको कन्ट्रोल टावरलाई जानकारी गराएका थिए ।
सूचना अधिकारी सुवेदीले हवाई पोखरा भ्यालीमै रहेकाले सामान्य रुपमै ल्यान्ड गरेको बताए । पोखराबाट मुस्ताङका लागि उडेको उक्त विमानमा १८ जना यात्रु रहेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १०:३६