काठमाडौं– आज आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ ११:४०