काठमाडौं–कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले रु १० लाख सहयोग गरेको छ । उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेको हो ।
उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो ।
वि।सं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आएको केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए । तीन दशकदेखि उनले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पु¥याउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १३:४५