काठमाडौं-खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ ।
सोमबार बिहान भएको गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले शेयर पाएका छन् ।
आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।
बाँकी एक लाख २३ हजार चार सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १२:१६