काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् ।
आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका हुन् ।
उनले बुधबारभित्र सिट बाँडफाँटको टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, “सिट बाँडफाँटमा समस्या हुँदैन ।” “नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ” उनले भने,“दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।”
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९ १६:५०