काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् । इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले इन्द्रजात्रा विविधतायुक्त पर्व भएको भन्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन् ।
काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको हो। आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात यस् सिं ठड्याएपछि सुरु भएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १०:३९