काठमाडौं– एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ ।
गत साउन महिनामा उनीहरू को मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरू वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।
गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरू ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ ११:०१