काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेसँगै ।नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्ने भएको छ ।
सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदै छन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।
‘सन्दीपको विषयमा मात्रै होइन । अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियम अनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’
बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलत्कार गरेको बयान दिएकी थिइन् ।
६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ ११:३४