काठमाडौं – काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले १०० दिनमा गरेका काम र योजना सार्वजनिक गरेकी छन् । श्वेतपत्रमा १०० दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।
पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएको र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९र८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् ।
सय दिनमा सयबढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरि सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौंवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छिन् ।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गर्दै उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।’
पटक-पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य उनको भनाइ छ ।
दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उनीहरूका अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरू अघिबढाएको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मककार्यहरुः
१.
पूरानो २४४ वटा विवादमान्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा
नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भइसकेको छ ।
संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशीभएका मुद्दामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवादकिनारा लागेको छ ।
२.
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल
महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्नेलगायतका काम भएका छन् ।
पटक-पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यककार्यहरु अघि बढाएका छौँ ।
३.
वडास्तरीय महिला सेल गठन
पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकी थिए । सोहीबमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरि अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ ।
४
.१०० दिन महानगरवासी सँगसँगै
विभिन्न संघसंस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १०० भन्दाबढी कार्यक्रममा सहभागी भई महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरि सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ ।
जसले काठमाडौंवासी सँगसँगै रहेर यहाँका समस्याबारे साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।
५.
आर्थिक वर्ष ०७९र८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार
म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९र८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकीकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रूपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरि आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौं महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरि आवश्यकता पहिचान गरिए बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरि कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।
६.
मेलमिलापकर्ता छनौट प्रक्रिया
विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रूपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उद्देश्यले मेलमिलापकर्ताहरुको सूचितयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूची कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ ।
प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरि सामान्य विवाद वडा तहबाटै निरूपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।
७.
मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास
मानव बेचबिखन ओसारपसार नियन्त्रण नगरस्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं। ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरि जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।
८.
शिक्षाक्षेत्रमा सुधार
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीहरूलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापनलगायतका कार्यक्रमहरू अघिसारिएको छ ।
९.
इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण
नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् ।
त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समिति लगायत विभिन्न गुठीहरुसँग नियमित रूपमा बैठकहरू बसेर तीव्र गतिमा तयारी गर्दैै आएका छौँ ।
१०.
नेपाल भाषाको डिजिटल शब्दकोष निर्माण कार्य
स्थानीय भाषाको अध्ययन(अध्यापनलाई निरन्तरता दिंदै नेपाल भाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ ।
११.
सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता
कार्यविधि २०७९र०३र१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभागमा तहतमा रहेका सम्पदाहरूको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजनामध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ ।
त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा सकारात्मक प्रयासहरू भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो बीचमा भएका छन् ।
१२
.राजश्व परामर्श समितिको गठन र कार्यान्वयन
राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरि आर्थिक वर्ष ०७९र०८० का लागि राजस्व सम्बन्धी नीतितर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरि नगर कार्यपालिकामार्फत नगरसभामा पेस गरियो ।
आन्तरिक आयको विश्लेषण र अनुमान, कर(राजश्व, गैरकर राजश्व, सेवाशुल्क, दस्तुर आदिको दर विश्लेषण गरि राजश्वप्रशासन सुधारका लागि राजश्व ऐन(२०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समितिमार्फत नगरसभामा पेस गरि स्वीकृत भएबमोजिम कार्यान्वयनमा आइसकेको छ ।
१३.
पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार
काठमाडौं महानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरू सँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैंक र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरि अनुभव आदन(प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ ।
१४.
अपांगता परिचयपत्र वितरण
काठमाडौं महानगरपालिका सामाजिक सेवाविभाग अन्तर्गत मेरो नेतृत्वमा अपांगता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ ।
जसमध्ये केही आवश्यक परेका व्यक्तिहरूको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपांगता भएका, सुस्त श्रवण, वौद्धिक अपांगता भएका, दृष्टिविहीन, बहिरा, अटिज्मलगायतका ५७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।
१५.
सहरी व्यवस्थापन
महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सबै जनप्रतिनिधिहरू र कर्मचारीहरूको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवर्द्धनगर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ ।
थालनी गरिएका केही योजनाहरुः
१.दरबार हाइस्कूल र कन्या मा.विलाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ ।
२.घर जग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बीच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ ।
३.करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भइरहेको छ ।
४.सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागिप्रयासहरु थालनी गरिएको छ ।
५.सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।
६.न्यायिक समितिको अनुभवआदान(प्रदान गर्ने र असलतथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
७.अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ ।
८.गैरसरकारी संघ(संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकताअनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ ।
९.उपभोक्ताहित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ ।
१०.महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्षभित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।
माथि उल्लेखितकार्यहरु १ सय दिनभित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्तविषयहरु हुन् । यसबाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन सक्दछ । त्यसका लागि आममहानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामीदिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।
धन्यवाद ।