काठमाडौं-राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि आज चार जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि उम्मेदवारी दिनेहरुमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो ।
सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १४:१७