काठमाडौं- शेयर बजार बुधबार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ ।
नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि कमी आएको छ । बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
२२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रूपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
त्यस्तै प्राइम डिबेन्चरको शेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १६:५१