काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको हो ।
बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १५:२६