काठमाडौं- आज बिहीबार नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बजार बन्द भएको छ । सामान्य गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ ।
तर बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ । आज कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । बुधबार ८२ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो ।
आज बजारमा ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा एक अर्ब चार करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजार र रिडी हाइड्रोपावरको चार करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।
कुल १८८ कम्पनीको शेयर कारोबार भएकोमा ११७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ६१ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १६:४१