एजेन्सी - महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएकाे छ ।
बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन् ।
वकिङह्यम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू बिहीबार उनको समीप पुगेका थिए ।
उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन् । उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ ।
दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिने स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १०:३१