काठमाडौं - साताको अन्तिम दिन पनि एक सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको छ।सुनको मूल्य एक सातामा तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १७२०.९५ डलर र चाँदी प्रतिऔंस १८.८५ डलरमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला ११ सय ५० रुपैयाँ भएको छ। बिहीबार सुन प्रतिऔंस १७ सय डलर र चाँदी १८.४८ डलरमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार सुन प्रतिऔंस १७१२.५० डलर र चाँदी १८.०६ डलर थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १३:४२