नयाँ दिल्ली - भारतका विदेशमन्त्री एस जयशङ्करले साउदी अरबको भ्रमण गर्नुहुने भएको छ ।
आगामी शनिबारदेखि उनले दुई दिने भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
विदेशमन्त्री भएपछि उनी पहिलो पटक साउदी अरब जान लागेका हुन् ।
भारतको विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री एस जयशंकर यही सेप्टेम्बर १० देखि १२ सम्म साउदी अरबको भ्रमण गर्नुहुने भएको छ, यो उहाँको पहिलो साउदी अरब भ्रमण हो ।”
भ्रमणका क्रममा उनले पिएसएससीको बैठकमा सहभागीता जनाउने भएका हुन् । उनले साउदी अरबका विदेश मन्त्री फैसल बिन फर्रान अल साउदसँग दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गर्ने तय भएको छ ।
भ्रमणका क्रममा उहाँले अन्य उच्चस्तरीय भेटवार्ता गर्नुहुने जनाइएको छ । -एएनआई
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १४:२८