काठमाडौं – आज आइतबार नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९३ हजार ९ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ ११:०५