काठमाडाैं - एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियाे केवाइसी Vedio KYC सेवाको सुचारु गरेकाे छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने Vedio KYC सेवाको सुचारु गरेकाे हाे ।
यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरुले Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकको वेबसाइटमार्फत Onlineबाट खाता खोल्दा ग्राहकहरुलाई KYC विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो KYC आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग Video Callगरि उक्त Call मार्फत KYC विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ १९:२७