काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन् ।
पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए । नेपालको मुख्य प्रशिक्षकको विषयमा एन्फाको आउँदो कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको छ ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ ०८:३५