काठमाडौं – कविहरुका लागि टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । कविहरुको प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो ।गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।
कार्यक्रममा भाग लिन इच्छुक कविहरूले कार्यक्रमको इमेल, ह्वाट्सएप, भाइबर, फेसबुकजस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिसन दिन सक्ने बताइएको छ ।
यस प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बा,निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रमलाई अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।
कार्यक्रममा भाग लिन इच्छुकहरूले भदौ २६ गते आइतबारबाट कार्यक्रमको विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउने आयोजकले जनाएको छ । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीभाषी कविले भाग लिन पाउँछन् भने आइडल एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १२:००