काठमाडौं– सिद्घार्थ बैंकले गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यस शाखाविस्तारपछि बैंकले १८० (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९९ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।