काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला ९३ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १२:२०