काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल र सहयोगी विकास बैंक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथाप्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौताका क्रममा सिटिजन्स बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका थिए । दुवै बैंकले आ—आङ्खनो विशेष÷वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्तावपारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गतअसार २२गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरूले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउने सिटिजन्स बैंकका प्रवक्ता उमंग शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।