काठमाडाैं- रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच मेरा मुटु बाल जीवन बीमा योजनाको लागि सम्झौता गरेकाे छ । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र बाँकेकाे जानकी गाउँपालिकाबीच बाल जीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको हाे।
सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वार्षिक रु पाँच हजार बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि सम्झौता गरेको छ ।
बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।
यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीक कार्य गरको र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महसुस गर्ने र आगामी दिनमा समेत नेपालको कनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले बताए । उक्त बीमा सम्बन्धी सम्झौता २०७९ साल भाद्र २८ गते सम्पन्न भएको थियो ।