काठमाडौं– २०७६ सालको गोविन्द वियोगी पत्रकारिता पुरस्कार नागरिक राष्ट्रिय दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल र गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गरिने भएको छ । सम्पादक समाज नेपालले प्रदान प्रत्येक वर्ष प्रदान गर्ने उक्त पुरस्कार समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको जनाइएको छ ।
पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष देखि कार्यरत छन् । राजनीति समाज र समसामयिक विषयमा कलम चलाउने गिरीले नागरिक अधिकारका पक्षमा आवाज उठाउने गरेका छन् । विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ भने २५,००१।– रूपैया राशीको पुरस्कार लुइँटेललाई प्रदान गरिने भएको छ ।
त्यस्तै ‘सम्पादक समाज सम्मान’बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको छ ।
समाजका कार्यसमिति सदस्य परशु घिमिरे संयोजक एवं कार्यसमिति सदस्य हरि लम्साल र माधव दुलाल सदस्य रहेको पुरस्कार सिफारिस उपसमितिले प्रस्ताव गरेका नामहरूलाई समाजको यही २७ गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।
समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा वसेको वैठकले स्वर्गीय गोविन्द वियोगीको १४ औंं पुण्यतिथिका अवसरमा आगामी माघ ४ गते शनिवारका प्रदान गरिने जनाएको छ ।