काठमाडौं– बहराइनमा भइरहेको एएफसी यू–२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।
अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ ।
पाँच टिम सहभागी समूह बीमा नेपाल अंकविहीन हुँदै पुछारमा छ । एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । नेपाल यसअघि भुटानसँग २–० ले, कतारसँग ३–१ ले र बहराइनसँग ६–० ले पराजित भएको थियो ।
उता बंगलादेशको लागि भने नेपाल विरुद्धको खेल उत्कृष्ट उपविजेता बन्दै मुख्य प्रतियोगितामा छनोट हुनका लागि महत्वपूर्ण छ । बंगलादेशले नेपाललाई हराएमा त्यो सम्भावना बाँकी रहनेछ । तर बंगलादेश दोस्रो स्थानमा पुग्नका लागि शीर्ष स्थानको कतारले दोस्रो स्थानको बहराइनलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।
बंगलादेशले पहिलो खेल बहराइनसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानलाई २– ले हराएको थियो । कतारसँग भने बंगलादेश ३(० ले पराजित भएको थियो ।कतार बहराइनबीचको खेल नेपाली समय अनुसार राती ११स्४५ बजे सुरु हुनेछ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १०:३८