काठमाडौं – नेप्से परिसूचक आज आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । आइतबार नेप्से ३३।९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा पुगेको छ ।
२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ ।
सबैभन्दा बढी जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १६:२४