काठमाडौं – संविधान दिवस उपल्क्षमा आज साताको दोस्रो दिन सोमबार शेयर बजार बन्द रहेको छ ।
सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द हुने भएको हो ।
मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्ने नेप्सेले जनाएको छ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १२:०७